logo

२०८३ कार्तिक १० सोमबार

दुई फर्मलाई विभागको जरिवाना

दुई फर्मलाई विभागको जरिवाना


खबर सर्कल
  • मंगलबार, ५ साउन २०८३
  • 663
    SHARES

    काठमाडौँ, ५ साउनः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ ।

    स्थलगत अनुगनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

    यस्तै, काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती फर्मलाई कारबाही गरिएको हो ।

    विभागले सोमबार १० वटा फर्ममा अनुमगन गरेको थियो । त्यसमध्ये आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मीसहितको उपस्थितिमा विभागले नियमित अनुमगन गरेको उल्लेख गरेको छ ।

    व्यावसायिक फर्महरुको अनुमगन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend