logo

२०८३ कार्तिक १० सोमबार

त्रिविको ६७ औँ वार्षिकोत्सवः दीर्घसेवा पदक वितरण

त्रिविको ६७ औँ वार्षिकोत्सवः दीर्घसेवा पदक वितरण


खबर सर्कल
  • बुधबार, ६ साउन २०८३
  • 676
    SHARES

    काठमाडौँ, ६ साउनः मुलुकको जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न प्राध्यापक तथा कर्मचारीलाई आज दीर्घसेवा पदक वितरण गरिएको छ ।

    कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्रा डा भेला थापाले सो पदक वितरण गर्नुभएको हो । विश्वविद्यलयमा २५ वर्षदेखि निरन्तर सेवा गर्ने शिक्षक कर्मचारीलाई सेवा अवधिमा एक पटक यस्तो पदक दिने गरिन्छ । कार्यक्रममा शिक्षकतर्फ १४२ र कर्मचारीतर्फ ४१ जनालाई पदक प्रदान गरिएको छ । सो अवसरमा त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापा, सिटेनका सदस्यहरूको उपस्थिति थियो ।

    उपकुलपति डा थापाले उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत आफ्ना सम्भावनाहरू उजागर जानुपर्ने बताउँदै विज्ञ प्राध्यापक, कर्मचारी र अनुसन्धानकर्मीलगायत सबैको रचनात्मक सहयोगमा उपलब्ध समग्र सुधारका लागि आव्हान गर्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend