logo

२०८३ कार्तिक १० सोमबार

हेलिकप्टरमा गाउँ पुर्‍याइयो गणेशको शव, आजै अन्त्येष्टि (तस्बिरहरू)

हेलिकप्टरमा गाउँ पुर्‍याइयो गणेशको शव, आजै अन्त्येष्टि (तस्बिरहरू)


खबर सर्कल
  • शनिबार, १६ साउन २०८३
  • 728
    SHARES

    सिराहा । सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव गाउँ पुर्‍याइएको छ । अस्पतालमा पोष्टमार्टमपछि शनिबार साँझ साढे ६ बजे हेलिकप्टरमार्फत उनको शव औरही गाउँपालिका–२ तुलसियाही गाउँमा ल्याइएको हो ।

    शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याएर एम्बुलेन्समा परिवारले घर लगेका छन् ।

    घरमा हिन्दु परम्पराअनुसार दाहसंस्कारपूर्वका विधि पूरा गरेपछि शवलाई गागन खोलाको किनारमा अन्तिम संस्कारका लागि लैजाने तयारी छ ।

    बिहीबार गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेशको मृत्यु भएको थियो । घटनापछि शुक्रबार राति गृहमन्त्री सुदन गुरुङ मृतकको घर तुलसियाही पुगेर परिवारसँग ८ बुँदे सहमति गरेका छन् ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend