logo

२०८३ कार्तिक १० सोमबार

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा चीन जाँदै

कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा चीन जाँदै


खबर सर्कल
  • सोमबार, १८ साउन २०८३
  • 546
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा सोमबार राति चीन भ्रमणमा जाँदैछन् । पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार उनी राति साढे ११ बजे चीन प्रस्थान गर्न लागेका हुन्।

    उपसभापति शर्मा कुनै औपचारिक सरकारी वा पार्टीगत टोलीको नेतृत्व नगरी व्यक्तिगत निमन्त्रणामा चीन जान लागेका हुन्। यस भ्रमणमा उनीसँग अरू कोही पनि सहभागी नहुने र उनी एक्लै त्यसतर्फ जान लागेको स्रोतले जानकारी दियो।

    शर्मा चीनको प्रमुख व्यापारिक सहर गुन्झाउमा रहनेछन्। पाँच दिनको बसाइका क्रममा उनले त्यहाँका विभिन्न कार्यक्रममा सहभागिता जनाउने र केही व्यक्तिगत भेटघाटहरू गर्ने तालिका रहेको छ।

    भ्रमण व्यक्तिगत भनिएकाले यसको औपचारिक एजेण्डाहरू भने सार्वजनिक गरिएको छैन।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend