logo

२०८३ कार्तिक १० सोमबार

दुर्गा प्रसाई र धवल शमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता हुने, साउन २८ को साइत

दुर्गा प्रसाई र धवल शमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता हुने, साउन २८ को साइत


खबर सर्कल
  • बुधबार, २० साउन २०८३
  • 754
    SHARES

    काठमाडौँ । व्यवसायी दुर्गा प्रसाई र नेता डा. धवल शमशेर राणाको नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

    नेता सगुन लावतीका अनुसार आगामी साउन २८ गते निर्वाचन आयोगमा पुगेर दल दर्ताको औपचारिक प्रक्रिया पूरा गर्ने निर्णय भएको हो ।

    प्रस्तावित नयाँ दलमा राणालाई अध्यक्ष र प्रसाईलाई सर्वोच्च नेताको जिम्मेवारी दिने सहमति भएको छ । उनका अनुसार साउन २८ गते दल दर्ताका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी निर्वाचन आयोगमा निवेदन दिइनेछ । यो पार्टीले राष्ट्रवादी विचारधारालाई मुख्य एजेन्डा बनाउने र देशको समसामयिक राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने दाबी गरिएको छ ।

    लामो समयदेखि छुट्टाछुट्टै अभियान र दलमा सक्रिय रहेका प्रसाई र राणाको यो नयाँ सहकार्यलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । विशेषगरी राष्ट्रवादी शक्तिहरूलाई एकजुट बनाउने उद्देश्यले यो दल गठन गर्न लागिएको बताइएको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend