logo

२०८३ कार्तिक १० सोमबार

काठमाडौँमा चोरी आरोपमा २० वर्षीय युवक पक्राउ

काठमाडौँमा चोरी आरोपमा २० वर्षीय युवक पक्राउ


खबर सर्कल
  • शुक्रबार, २२ साउन २०८३
  • 819
    SHARES

    काठमाडौँ । काठमाडौँको शङ्खरापुरमा चोरी गरेको आरोपमा एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    शङ्खरापुर नगरपालिका वडा नम्बर १ छाप भन्ज्याङस्थित घरहरूमा चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो जहरसिहंपौवास्थित होटेल रूफटपबाट तामाङलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षीय कुमार तामाङ रहेका छन्। प्रहरी चौकी नाङलेभारेको टोलीले खोजतलास गर्ने क्रममा उनको साथबाट चोरीमा प्रयोग भएको फलामको रड १ थान, सुनको तिलहरी १ थान, मोबाइल १ थान र बा.प्र.०२-६४ प ६४७४ नम्बरको मोटरसाइकल बरामद गरेको छ।

    चोरी सम्बन्धी कसूरमा तामाङलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend