logo

२०८३ कार्तिक १० सोमबार

छानबिनका लागि बाराका एसपी कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइयो

छानबिनका लागि बाराका एसपी कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइयो


खबर सर्कल
  • शनिबार, २३ साउन २०८३
  • 624
    SHARES

    काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइएको छ ।

    केही आन्तरिक विषयमा सोधपुछ र छानबिन गर्नुपर्ने भएकाले उनलाई मुख्यालय तानिएको हो । प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले उनको विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले छानबिनका लागि उनलाई मुख्यालय बोलाइएको बताए । प्रहरी प्रधान कार्यालयले एसपी कुँवरमाथि कुन विषयमा छानबिन सुरु गरेको हो भन्नेबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

    यद्यपि, स्रोतका अनुसार उनीमाथि केही आन्तरिक प्रशासनिक वा आर्थिक मामिलामा उजुरी परेपछि सोधपुछका लागि बोलाइएको बुझिएको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend