logo

२०८३ कार्तिक १० सोमबार

विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने

विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने


खबर सर्कल
  • सोमबार, २५ साउन २०८३
  • 793
    SHARES

    धनगढी । विश्वासको मत लिने तयारीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन् ।

    मुख्यमन्त्रीले यही साउन २७ वा २८ गते राजीनामा दिने तयारी गरेको जानकारी दिए ।

    प्रदेशसभामा आफूले विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्रीले राजीनामा दिने तयारी गरेका हुन् । विश्वासको मत लिनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि राजीनामा दिने निष्कर्षमा पुगेको मुख्यमन्त्रीको भनाइ छ ।

    गत असार ३१ गते एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो ।

    मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नयाँ सरकार गठनका लागि नेकपा र एमाले बिच सहमति भइसकेको छ । सोही नेकपाको नेतृत्वमा सरकार गठन हुनेछ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend