काठमाडौँ । नेपाली बजारमा छोटो समयमै बलियो पहिचान बनाउन सफल लिपमोटरले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा आफ्नो नयाँ संस्करण बीओथ्री एक्स नेपाली बजारमा प्रस्तुत गरेको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा गाडी सार्वजनिक भएको हो । लिपमोटर नेपालका म्यानेजर उज्ज्वल केसीका अनुसार यो लिपमोटर परिवारको चौथो संस्करण हो ।
यस गाडीमा १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले सीएलटिसी मापदण्ड अनुसार प्रतिचार्ज ५०५ किलोमिटर (वास्तविक सडकमा करिब ४०० किलोमिटर) सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्दछ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ । यस गाडीको बजार मूल्य ४७ लाख रुपैयाँ तोकिए तापनि एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकहरूले ४५ लाख रुपैयाँमै यो प्रिमियम गाडी प्राप्त गर्न सक्नेछन् ।
नयाँ मोडलका अतिरिक्त लिपमोटरले यसअघि नेपाली बजारमा निकै रुचाएका सि १० र टी ०३ मोडलहरू पनि प्रदर्शनीमा राखेको छ । एक्स्पोमा गाडी बुकिङ गर्ने ग्राहकका लागि लिपमोटरले विशेष अफरको घोषणा गरेको छ, जस अन्तर्गत ग्राहकले एक वर्षको सडक कर (रोड ट्याक्स), एक वर्षको निःशुल्क बिमा, ७ किलोवाटको होम चार्जर र विभिन्न एसेसरिजहरू निःशुल्क पाउनेछन् ।
यसका साथै खरिद प्रक्रियालाई सहज बनाउन कम्पनीले नबिल बैंक र ग्लोबल आइएमई बैंकसँग विशेष साझेदारी गरी सरल फाइनान्सको सुविधा पनि मिलाएको छ । नेपालभर द्रुत गतिमा फैलिरहेका चार्जिङ स्टेसनहरूका कारण अब राजमार्गहरूमा पनि रेन्जको चिन्ता नगरी ढुक्कसँग यात्रा गर्न सकिने कम्पनीको भनाइ छ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend