काठमाडौँ । काठमाडौँमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा ओमोडा एण्ड जेको नेपालले आफ्ना लोकप्रिय मोडलहरूको नयाँ रेन्ज सार्वजनिक गर्दै ग्राहकहरूको ध्यान आकर्षित गरेको छ ।
कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर नीलन बज्राचार्यका अनुसार यसअघि छोटो रेन्जमा उपलब्ध ओमोडा इए८ प्रोलाई अब लङ रेन्ज संस्करणमा बजारमा ल्याइएको हो। नयाँ ओमोडा इए८ प्रो लङ रेन्जमा ५९ किलोवाट आवरको ठुलो ब्याट्री जडान गरिएको छ, जसले प्रतिचार्ज ४३० किलोमिटरसम्मको रेन्ज दिन्छ ।
यसको ग्राउन्ड क्लियरेन्स पनि १८५ एमएमबाट बढाएर १९१ एमएम पुर्याइएको छ । नेपाली सडकको अवस्थालाई मध्यनजर गर्दै यो ईभी सेग्मेन्टमा गाडीमै स्पेअर ह्विल (जगेडा टायर) उपलब्ध गराउने आफूहरू पहिलो कम्पनी भएको दाबी बज्राचार्यले गरे ।
यसैगरी कम्पनीले जे फाइभ मोडल अन्तर्गत ५० किलोवाट आवरको ब्याट्री र ४०५ किलोमिटर रेन्ज भएको सर्ट रेन्ज जे फाइभ प्रो पनि एक्स्पोमै सार्वजनिक गरेको छ। मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै ओमोडा र जेकोले बुकिङ गर्ने ग्राहकका लागि विशेष अफरहरूको घोषणा गरेको छ ।
यस अन्तर्गत खरिदकर्ताले बिमाको सुविधा, ११ वर्षको विस्तारित वारेन्टी र गाडी डेलिभरीका समयमा एउटा एमआई को स्मार्टफोन प्राप्त गर्नेछन् । अफर यतिमा मात्र सीमित नभएर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूमध्ये लक्की ड्रमार्फत छानिने दुई भाग्यशाली विजेतालाई कम्पनीले चीन भ्रमण (चाइना टुर) को अवसर समेत प्रदान गर्ने घोषणा गरेको छ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend