logo

२०८३ कार्तिक १० सोमबार

जाजरकोट पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत, बीमा भुक्तानी प्रक्रिया द्रुत गतिमा अघि बढाइने

जाजरकोट पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत, बीमा भुक्तानी प्रक्रिया द्रुत गतिमा अघि बढाइने


खबर सर्कल
  • आइतबार, ३१ साउन २०८३
  • 689
    SHARES

    सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको अध्यक्षतामा आइतबार बसेको बैठकले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ लगायतका क्षेत्रमा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

    बैठकले रिसाङ लगायतका क्षेत्रका बाढीपहिरो प्रभावितहरूलाई प्रदेश सरकारको तर्फबाट आवश्यक राहत सामग्री यथाशीघ्र उपलब्ध गराउने निर्णय गरेको हो।

    पहिरोबाट भएको घर, पशुपन्छी तथा कृषि बालीमा भएको क्षतिको यथार्थ विवरण सम्बन्धित कृषि कार्यालयले जिल्ला प्रशासन तथा स्थानीय तहको समन्वयमा सङ्कलन गर्ने र त्यसका लागि प्रदेश सरकारको सम्बन्धित मन्त्रालयले आवश्यक प्रबन्ध मिलाउने भएको छ।

    विस्थापित व्यक्तिहरूको स्वास्थ्य उपचार लगायतका विषयहरूको आवश्यक प्रबन्ध सामाजिक विकास मन्त्रालयमार्फत गरिनेछ। विपद् सम्बन्धी प्रतिकार्यका लागि सम्बन्धित क्लस्टरको बैठक सम्बन्धित मन्त्रालयले गर्ने र राहत सामग्री वितरण गर्दा जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग समन्वय गरेर मात्र गर्ने निर्णय भएको छ। सोको समन्वय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।

    यस्तै, जाजरकोट लगायत प्रदेशका सबै जिल्लाहरूमा अवरुद्ध भएका राजमार्ग तथा अन्य सडकको अवरोध हटाउने कार्यमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक प्रबन्ध मिलाउनेछ। पूर्ण रूपमा क्षति भएको आवासको निर्माणका लागि उपलब्ध गराइने अस्थायी आवास अनुदान यथाशीघ्र उपलब्ध गराउन पहल गरिने भएको छ।

    पहिरोमा परी ज्यान गुमाउने व्यक्तिहरूको यथार्थ विवरण जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट माग गरी प्रदेश सरकारबाट बीमामार्फत दिइने राहत रकम उपलब्ध गराउने प्रक्रिया यथाशीघ्र अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend