काठमाडौँ। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएसँगै उनी आजै रिहा हुने भएका छन् ।
सोमबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो ।
अदालत प्रशासनका अनुसार अब उनलाई महाराजगञ्ज पुर्याएर सहिछाप गरेर आज नै छाडिनेछ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गत बुधबार पक्राउ गरेको थियो । उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend