logo

२०८३ कार्तिक १० सोमबार

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री


खबर सर्कल
  • बुधबार, ३ भाद्र २०८३
  • 858
    SHARES

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उनले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्‌बाट प्रभावित नागरिकको उद्धार र राहतका सम्बन्धमा सोधेको प्रश्नको जवाफ दिएका हुन्।

    मन्त्री गुरुङले विपद्‌मा एक परिवारबाट एक व्यक्तिलाई लाभ प्राप्त हुने कानुनी व्यवस्था रहेको बताउँदै एकभन्दा बढी व्यक्तिलाई लाभ प्रदान गर्न विपद् अघि नै अंशबण्डा भएको हुनुपर्ने र अलग बसेको हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरे। उनले उक्त व्यवस्था संशोधन गर्न र स्थानीय तहलाई पूर्ण जिम्मेवार बनाउन विपद् प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको र काम अघि बढेको बताए।

    मन्त्री गुरुङले स्थानीय पालिका भवन निर्माण संहिता पालनाको व्यवस्था रहेको बताउँदै आवश्यक समन्वय र सहजीकरण भइरहेको उल्लेख गरे। साथै उनले विपद् व्यष्वस्थापन कार्य तीनै तहका सरकारको जिम्मेवारी भएको स्पष्ट पार्दै सोहीअनुसार समन्वय र सहकार्य भइरहेको जानकारी दिए।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend