काठमाडौ ँ । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसिय कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडी सम्मानित भएका छन्। तेजस्वी एकेडेमीका कराते खेलाडीको ग्रेडिङको समापन कार्यक्रममा पदक विजेताहरु सम्मानित भएका हुन ् ।
सन् २०२६ को जुलाई १५ देख ि १९ तारिखसम्म भएको दक्षिण एसियाली करातेको विभिन्न स्पर्धामा मिनबहादुर तामाङले स्वर्ण, सुविन सुनारले रजत तथा अनु मुक्तान तामाङ, रेगन घले र नोर्विन गजुरेलले कांस्य जितेका थिए।
मिनलाई कराते प्रशिक्षक महेश महर्जनले प्रोत्साहन स्वरूप व्यक्तिगत ५ हजार नगद पुरस्कार पन ि प्रदान गरेका थिए । मिन जापानमा हुन े २० औ ं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन ् ।
सोही अवसरमा १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको विभिन्न स्पर्धामा पदक जितेका तेजस्वीका विद्यार्थी निरज शाह पन ि सम्मानित भए।
ग्रेडिङमा ७० खेलाडी सहभागी थिए। त्यसमध्ये मिचेल घले उत्कृष्ट खेलाडी घोषित भइन ् । सशस्त्र प्रहरीका एसएसपी जहरसिंह बुढा मगर, तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेत, तार्केश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीलगायतले गाडीलाई सम्मान गर्नुका साथ ै ग्रेडिङमा सहभागीलाई प्रमाण पत्र प्रदान गरे।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend