logo

२०८३ कार्तिक १० सोमबार

सन्धिखर्कका कर्मचारीले विपद् राहत कोषमा सात दिनको तलब दिने

सन्धिखर्कका कर्मचारीले विपद् राहत कोषमा सात दिनको तलब दिने


खबर सर्कल
  • बुधबार, १० भाद्र २०८३
  • 650
    SHARES

    बुटवल। भोटेकोशीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका कर्मचारीले सात दिनको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने भएका छन्।

    नगरपालिका कार्यालय तथा मातहतका कार्यालयमा कार्यरत १६७ जना कर्मचारीले तलबभत्ताबाट एक साताको रकम कट्टा गरी विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

    सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार कर्मचारीको तलबबाट कट्टा हुने रकम करिब २० लाख रुपैयाँ हुनेछ।

    बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीले आफ्नो तलबबाट रकम सहयोग गर्ने निर्णय गरेको खनालले बताए।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend