logo

२०८३ कार्तिक १० सोमबार

राहत र पुनर्निर्माणमा सुशासन तथा पारदर्शिता कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेसनलको आग्रह

राहत र पुनर्निर्माणमा सुशासन तथा पारदर्शिता कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेसनलको आग्रह


खबर सर्कल
  • शुक्रबार, १२ भाद्र २०८३
  • 585
    SHARES

    काठमाडौँ । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी-पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले गहिरो दुःख व्यक्त गरेको छ।

    भदौ १० गते आएको विपद्बाट सिर्जित क्षतिको गम्भीरतालाई ध्यानमा राखेर खोजी, उद्धार तथा राहत कार्यलाई अझ तीव्र र समन्वयात्मक बनाउन संस्थाले नेपाल सरकारसँग आग्रह गरेको हो।

    अध्यक्ष मदनकृष्ण शर्माद्वारा भदौ १२ गते जारी प्रेस वक्तव्यमा विपद्मा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    विपद् प्रभावित नागरिकहरूको दीर्घकालीन पुनर्स्थापना, जीविकोपार्जन र पुनर्निर्माणका लागि नेपाल सरकारका साथै आम नागरिक, निजी क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदारहरूबाट निरन्तर सहयोगको अपेक्षा गरिएको छ।

    यस कठिन घडीमा सम्पूर्ण राहत तथा पुनर्निर्माणका कार्यहरू मानवीय संवेदना, सुशासन, पारदर्शिता र जवाफदेहिताका साथ अगाडि बढाउन टीआई नेपालले सम्बन्धित सबै पक्षसँग आह्वान गरेको छ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend