logo

२०८३ कार्तिक १० सोमबार

यी हुन् गोली प्रहार गरेर पक्राउ गरिएका खैरो हेरोइन बिक्रेता

यी हुन् गोली प्रहार गरेर पक्राउ गरिएका खैरो हेरोइन बिक्रेता


खबर सर्कल
  • सोमबार, १५ भाद्र २०८३
  • 637
    SHARES

    काठमाडौँ। पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका वडा नम्बर–१ बाट प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षीय गिरिजेस श्रीवास्तव र भारत निचलोन घर भएका २७ वर्षीय दीपक श्रीवास्तव छन्।

    उनीहरूको साथबाट १५८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए।

    ब्यूरोको भैरहवा शाखाबाट खटिएको टोलीले आरोपीहरुलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरेको थियो। आरोपीहरूले लुम्बिनी प्रदेशका जिल्लामा बेच्ने उद्देश्यले भारतबाट खैरो हेरोइन ल्याएको प्रहरीको अनुसन्धान देखाएको छ । उनीहरू चढेको भारतीय नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend