काठमाडौँ। भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि सरकारले एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ बमोजिम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा मङ्गलबार बसेको कोष सञ्चालन समितिको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रहेको रकममध्ये रु. १ अर्ब विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको हो।
समितिको निर्णयअनुसार, २०८३ साल भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र रसुवागढी तथा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा विपद् व्यवस्थापनसम्बन्धी कार्य सञ्चालन गर्न उक्त रकम उपलब्ध गराइनेछ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको एभरेष्ट बैंक, सिंहदरबार शाखाको खाता नम्बर ००१००१०५२००२७० मा मौज्दात रकममध्ये एक अर्ब रुपैयाँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम स्थापना भएको विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने निर्णय समितिले गरेको हो।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend