logo

२०८३ कार्तिक १० सोमबार

‘उद्धार र राहतमा सरकार सक्रिय छ, अन्तर्राष्ट्रिय ठुलो सहयोग पाइरहेका छौँ’

‘उद्धार र राहतमा सरकार सक्रिय छ, अन्तर्राष्ट्रिय ठुलो सहयोग पाइरहेका छौँ’


खबर सर्कल
  • बिहिबार, १८ भाद्र २०८३
  • 715
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार राति सामाजिक सञ्जालमार्फत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यको प्रगति सार्वजनिक गरेका छन् ।

    उनका अनुसार हालसम्म १२ हजार ३८ जनाको सफल उद्धार गरिएको छ भने १ हजार २५९ जनाले ज्यान गुमाएका छन् ।

    अझै ५ हजार ८३ जना बेपत्ता रहेकाले खोजी कार्य जारी भएको उनले जानकारी दिए ।

    सरकारले प्रभावित क्षेत्रलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरी नुवाकोट, रसुवा र काठमाडौंका होल्डिङ सेन्टरमार्फत नागरिकको व्यवस्थापन गरिरहेको छ । गल्छी–मुग्लिन र त्रिशूली–बेत्रावती सडकखण्ड सुचारु गर्न तथा क्षतिग्रस्त पुलहरूको ठाउँमा बेलिब्रिज जडान गर्ने कार्य तीव्र पारिएको उनले फेसबुकमा लेखेका छन् ।

    यो विपद्लाई जलवायु परिवर्तनको परिणाम भन्दै प्रधानमन्त्री बालेनले छिमेकी भारत र चीनसहित अमेरिका, बेलायत, युरोपेली संघ र अन्य मित्रराष्ट्रहरूबाट प्राप्त भइरहेको ठुलो परिमाणको राहत र आर्थिक सहयोगप्रति आभार प्रकट गरे ।

    साथै, विश्व बैंक र एसियाली विकास बैंकले पनि सहुलियतपूर्ण कर्जा र अनुदानको प्रतिबद्धता जनाएका उनले लेखेका छन् । सरकारले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी जनजीवन सामान्य तुल्याउन अहोरात्र खटिरहेको पनि जनाएका छन् ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend