आज (बिहीबार) बिहानको मापनअनुसार देशका प्रमुख नदीहरू- कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलसतह हाल सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि, वर्षासँगै यी नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
२. आकस्मिक बाढीको मध्यम जोखिम रहेका जिल्लाहरू:
आज निम्न जिल्ला र आसपास भई बहने स-साना नदी तथा खोलाहरूमा पानीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिम रहेकोले तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन सूचित गरिन्छ:
कोसी प्रदेश: ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु
बागमती प्रदेश: रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ
गण्डकी प्रदेश: गोरखा, मुस्ताङ
लुम्बिनी/कर्णाली प्रदेश: रुकुम पूर्व, रुकुम पश्चिम, मुगु
सुदूरपश्चिम प्रदेश: बाजुरा, बझाङ, दार्चुला, बैतडी
तसर्थ, माथि उल्लेखित जिल्लाका नदी तथा खोला किनारमा बसोबास गर्ने आम नागरिक तथा सरोकारवाला निकायहरूलाई वर्षाको समयमा सुरक्षित स्थानमा रहन र आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन हार्दिक अनुरोध गरिन्छ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend