काठमाडौँ । काठमाडौँ उपत्यकामा मङ्सिर ७ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ र युवा सङ्घले आयोजना गरेको माइतीघर मण्डलामा एकै दिनको प्रदर्शन कार्यक्रम रहेकोले उक्त दिन उपत्यकाको शान्ति सुरक्षाबारे छलफल गर्न गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा मन्त्रालयमा छलफल भइरहेको छ ।
बैठकमा काठमाडौँ उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आकलन गरिएको छ ।
श्रोत: रातोपाटी
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend