काठमाडौँ ।स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा प्रदर्शन गरेकोले दुर्गा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको छ ।
स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन ।
प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् ।
श्रोत:रातोपाटी
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend