logo

२०८३ कार्तिक १० सोमबार

तीनै तहका सरकारले गरेको विकासका काम जनताले अपनत्व लिनेखालकाे हुनुपर्छ – मुख्यमन्त्री लामा 

तीनै तहका सरकारले गरेको विकासका काम जनताले अपनत्व लिनेखालकाे हुनुपर्छ – मुख्यमन्त्री लामा 


खबर सर्कल
  • शुक्रबार, ५ पुष २०८१
  • 1.9K
    SHARES

    ललितपुर/ ०५ पुस : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीनै तहका सरकारले गरेको विकासका काम जनताले अपनत्व लिनेखालकाे हुनुपर्छ भन्ने बताउनुभएकाे छ ।

    ललितपुरको काेन्ज्याेसाेम गाउँपालिकाकाे कार्यालयमा विहिबार गाउँसभाकाे १५ओैं अधिवेशनकाे उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले संघ, प्रदेशबाट भएगरेका विकास निर्माणका कामहरु सफलतापूर्वक सम्पन्न गर्दै त्यसको समुचित प्रयाेग र संरक्षणमा स्थानीय तहले ध्यान  दिनुपर्ने बताउनुभएको हाे ।

    ” हाम्रो एउटा प्रदेशबाट अर्को प्रदेशमा पुग्न ३०-४० किलोमिटरकाे सडकबाटै सम्भव छ, हरेक वर्ष ५ वटा सडकलाई मर्मत गर्याै भने पनि सहजै काम सम्पन्न हुन्छ, स्थानीय, प्रदेश र संघले बजेट राखेर बनाइएका फरकफरक याेजनाकाे मर्मत र संरक्षणमा सबैले ध्यान दिएमा मात्रै गरेको विकासले सार्थकता पाउँछ।” मुख्यमन्त्री लामाले भन्नुभयो ।

    उहाँले संविधानले परिकल्पना गरेअनुसार ठूलाठूला विकासका याेजनाका लागि संघ, मध्यम खालका प्रदेश र साना याेजनाका लागि स्थानीय तहले नैफकाम गर्न सक्ने व्यवस्था रहेकाे जानकारी गराउनुभयाे ।

    उहाँले विपदजन्य घटनाबाट वचन खाेलाका नजिकमा मानव बस्ती नराख्ने र सबै जना सचेत भएर विपदबाटबच्न काम गर्नुपर्नेमा जाेड दिनुभयो ।

    ललितपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाले काेन्ज्याेसाेम गाउँपालिकाकाे समस्याको बारेमा संसदमा आवाज उठाउँदै पर्याप्त बजेट विनियोजनका लागि संघीय सरकारकाे ध्यानाकर्षण गराउने बताउनुभयाे ।

    जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले जिल्लाकाे समुचित र समानुपातिक विकासकाे लागि आफू निर्वाचित भएदेखि नै आवाज उठाउँदै आएकाे बताउँदै ललितपुरको ग्रामीण भेगकाे सडक सञ्जालकाे विकास, मर्मतसम्भारका लागि संघ र प्रदेशसंग समन्वय गरिरहेकाे बताउनुभयो । उहाँले ललितपुरका तीन वटा गाउँपालिकाहरुकाे पूर्वाधार विकासमा बागमती प्रदेश सरकारले पहिलाे प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

    काेन्ज्याेसाेम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले सुशासन र पारदर्शितालाई दायित्वबाेध गर्नेगरी पालिकाका हरेक विकास निर्माण र सामाजिक उत्तरदायित्वका कामहरु गर्ने जानकारी गराउनुभयाे ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend