logo

२०८३ कार्तिक १० सोमबार

निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार

निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार


खबर सर्कल
  • सोमबार, ८ पुष २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । कास्की जिल्ला अदालतले अभियन्ता निकोलस भुसालविरुद्ध म्याद थप गर्न अस्वीकार गरेको छ ।

    कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो ।  अदालतले हिरासत बाहिरै राखेर उनीमाथि अनुसन्धान गर्न आदेश दिएसँगै भुसाललाई छाडिएको कास्की प्रहरीका एक अधिकृतले जानकारी दिए ।

    रास्वपाका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा उनी आइतबार काठमाडौँबाट पक्राउ परेका थिए । काठमाडौँबाट उनलाई सोमबार पोखरा लगिएको थियो ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend