काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च रहने बताएका छन् । बुधबार पार्टीका नेताहरूलाई कारबाहीपछि एआईको सहायता लिँदै उनले संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुने बताएका हुन् ।
बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावलको संगठित सदस्यता खोसेको छ । यस्तै एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी ६ महिनाका लागि खोसेको छ ।
त्यसपछि पोखरेलले लेखेका छन्, ‘अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ ।’ उनका अनुसार पार्टीमा अनुशासनका मुख्य ६ महत्त्व रहेका छन् ।
पोखरेलले अनुशासनको अभावले पार्टीभित्र द्वन्द्व, अविश्वास र विघटनको अवस्था निम्त्याउन सक्ने बताए । त्यसैले, कुनै पनि पार्टीको दीर्घकालीन सफलता र स्थायित्वका लागि अनुशासन अत्यावश्यक रहेको उनको भनाइ छ ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend