logo

२०८३ कार्तिक १० सोमबार

नखिपाेटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

नखिपाेटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 


खबर सर्कल
  • शुक्रबार, १२ पुष २०८१
  • 2.5K
    SHARES

    ललितपुर/ १२ पुस, नेपाली कांग्रेस ललितपुर महानगरपालिका वडा नं १४ कार्यसमितिकाे आयोजना आज शुक्रबार नखिपाेटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    सन्त नेता कृष्ण प्रसाद भट्टराईको १०१ औं जन्म जयन्ती र १०० दिने बिशेष अभियानको अवसरमा कांग्रेसकाे वडा नं.१४ कार्यसमिति निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हाे ।

    प्रिसिजन डाईनोस्टिकको सहकार्यमा भएको शिविरमा नाक, कान, घाँटी, मधुमेह, प्रेसरलगायतका समस्याहरुकाे चेकजाँच गरिएकाे हाे ।

    स्वास्थ्य शिविरको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले याे रचनात्मक काम भएको बताउनुभयो । उहाँले यस्ता कार्यहरूले नेपाली कांग्रेस मत माग्ने मात्रै हैन, जनताकाे सराेकारसंग पनि प्रत्यक्ष रुपमा जाेडिन्छ भन्ने पुष्टि गरेको बताउनुभयो । उहाँले विपदका समयमा पनि पार्टीका साथीहरूले उत्कृष्ट काम गर्नुभएको छ भन्दै याेगदानकाे प्रशंसा गर्नुभयो ।

    वडा अध्यक्ष तथा पार्टीका वडा सभापति अमृतजंग महतले व्यक्तिका खराव कामका कारण पार्टीमा बितृष्णा बढ्दै गएको अवस्थामा सुधार गर्दै नागरिक, समाज र पार्टीलाई एकताबद्ध गराउने अभिप्रायले याे सामाजिक काम गरेको बताउनुभयो । उहाँले वडा तहमा पार्टीलाई सुदृढीकरण गरेर संगठन राम्रो बनाउने बताउनुभयो। शिविर बिहान ८ः०० देखि दिउँसो १:०० बजेसम्म सञ्चालन भएको थियोे । —

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend