logo

२०८३ कार्तिक १० सोमबार

बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता  

बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता  


खबर सर्कल
  • सोमबार, २२ पुष २०८१
  • 1.7K
    SHARES

    ललितपुर/२२ पुस : बागमती प्रदेश सरकारद्वारा बिद्यार्थीलाई चलचित्र सम्बन्धि सारक्षरता  कार्यशाला सुरु भएको छ ।

    बागमती प्रदेश सरकारकाे माताहातकाे सञ्चार रजिस्ट्रार कार्यालयद्वारा आज साेमबारदेखि सामुदायिक विद्यालयका विद्यार्थीलाई चलचित्र साक्षरता कार्यशाला सञ्चालन गरिएको प्रदेश सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी गराउनुभयाे ।

    “सामुदायिक बिद्यालयमा कक्षा ९, १० र ११ मा अध्ययनरत बिद्यार्थी र ती बिद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभुत ज्ञान र सीप सिकाउन थालिएकाे छ, आजदेखि ललितपुरको जावालाखेलस्थित आफनै कार्यालयमा कार्यशाला सुरु भएको छ, सुरुमा पाँच वटा सामुदायिक बिद्यालयका २० जना बिद्यार्थी र पाँच जना शिक्षकलाई सहभागी गराएका छाैं, याे कार्याशाला पाँच दिनसम्म हुनेछ ।” उहाँले भन्नुभयो ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रबर्द्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बमोजिम गत कात्तिक ५ गते पहिलो पटक र दोस्रो पटक कात्तिक २१ गते प्रकाशित सूचना बमोजिम प्राप्त आवेदक बिद्यालयका बिद्यार्थी र शिक्षकका लागि कार्यक्रम सञ्चालन गरिएको  रजिस्ट्रार सापकोटाले जानकारी गराउनुभयाे ।

    बिद्यालयमा चलचित्र साक्षरता कार्यक्रममा कक्षा ९, १० र ११ मा काठमाडौका चार वटा सामुदायिक बिद्यालय र भक्तपुरको एक सामुदायिक बिद्यालयमा अध्ययरत २० जना बिद्यार्थी र पाँच जना शिक्षक सहभागी छन् ।

    सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार शिक्षक र बिद्यार्थीलाई चलचित्र निर्माणको पूर्व तयारी, चलचित्र निर्माणको चरण र चलचित्र निर्माणपछिको चरणका आधारभुत शिक्षा सिक्नेछन् । यो कार्यशालामा फरक फरक बिधाका फरक फरक नौ जना प्रशिक्षकले चलचित्रमा उपयोग हुने पात्रको भूमिका,अभिनय, छायाँकन, सम्पादन, बजारीकरण र वितरणको आधारभुत ज्ञान र सीप सिकाइने सञ्चार रजिष्ट्रार सापकोटाले बताउनुभयो । कार्यशालामा फरक फरक पृष्ठभूमि, रुची र क्षमता भएका बिद्यार्थी सहभागी छन् । बिद्यालयमा जाडो बिदाको वेला पारेर बिद्यार्थी र शिक्षकलााई अतिरिक्त सीप र ज्ञान सिकाउन लागिएको हो ।  सञ्चार रजिष्ट्रार सापकोटाका अनुसार आगामी शुक्रबार अपरान्ह बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन हुनेछ ।

    कार्यशालामा काठमाडौंका रत्नराज्य माध्यमिक विद्यालय, भीमसेनगाेला माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालयका साथै भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरु र ५ जना शिक्षकहरु सहभागी रहेको रजिस्ट्रार सापकोटाले जानकारी गराउनुभयाे । कार्यशाला विहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो।—-

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend