logo

२०८३ कार्तिक १० सोमबार

ओली सरकारले सत्ताको दुरुपयोग गर्‍यो : माधव नेपाल

ओली सरकारले सत्ताको दुरुपयोग गर्‍यो : माधव नेपाल


खबर सर्कल
  • बुधबार, २ माघ २०८१
  • 1.6K
    SHARES

    काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । बुधवार बसेको समाजवादी मोर्चाको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद् छलेर अध्यादेश ल्याउने काम नियम विपरित भएको बताए ।

    ‘ओली सरकारबाट सत्ताको दुरुपयोग भइरहेको छ । संसद् र संविधानलाई उपेक्षा गर्ने काम भइरहेको छ । संसद्लाई छलेर, विधेयक समितिमा विचाराधीन रहेको बेला अध्यादेश ल्याउने काम भएको छ । यो नियम विपरित काम हो । सरकारलाई खबरदारी गर्नुपर्छ । यसका लागि के–के दबाब दिनुपर्छ दिन्छौँ’, नेपालले भने ।

    मोर्चाको बैठकले सरकारविरुद्ध खबरदारी गर्न माघ १६ गते बृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend