logo

२०८३ कार्तिक १० सोमबार

गाजामा युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत

गाजामा युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत


खबर सर्कल
  • शुक्रबार, ४ माघ २०८१
  • 1.6K
    SHARES

    काठमाडौँ । गाजापट्टीमा युद्ध विरामसम्बन्धी सम्झौताको नेपाल सरकारले स्वागत गरेको छ ।

    परराष्ट्र मन्त्रालयले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै ‘गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम सम्झौता’को स्वागत गरेको हो ।

    मन्त्रालयले अक्टोबर ७, २०२३ देखि मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।

    ‘हामी हालैको युद्धविराम सम्झौतासम्बन्धी घोषणाको स्वागत गर्दछौँ । हामी आशा गर्छौं कि यसले गाजाका जनतालाई मानवीय सहायताको निर्बाध आपूर्ति सुनिश्चित गर्दै सम्बन्धित पक्षहरूलाई दिगो शान्ति र स्थायित्वको बाटोमा डोऱ्याउनेछ’, विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको उल्लेखसहित मन्त्रालयले अहिलेको महत्त्वपूर्ण सम्झौता गराउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति आभार प्रकट गरेको छ ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend