logo

२०८३ कार्तिक १० सोमबार

पूर्णिमा फुड इण्डट्रिज मकवानपुरको करिब ७ लाख बराबरको प्राउण्ड शिल

पूर्णिमा फुड इण्डट्रिज मकवानपुरको करिब ७ लाख बराबरको प्राउण्ड शिल


खबर सर्कल
  • आइतबार, १० मंसिर २०८०
  • 5.2K
    SHARES

    उच्च अदालत पाटनको फैसला नमानेको भन्दै हेटौंडाको एक प्राउण्ड उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शिल गरेको छ ।

    बिहिबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंको नेतृत्वको टोलिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसामाडीमा रहेको पूर्णिमा फुड इण्डट्रिज प्रालिको उत्पादन बेनिको ब्राण्डको प्राउण्डमा शिल गरेको हो ।

    पूर्णिमा फुड इण्डट्रिजले ट्रेडमार्कको गैर कानूनी प्रयोग गरेको भन्दै नेपाल पास्ता फुड कम्पनी प्रालि हेटौंडाले दायर गरेको मुद्दामा उद्योग विभागले २०७८ भदौ १६ गते गरेको फैसलालाई उच्च अदालत पाटनले गत बर्षको मंसिरमा सदर गरेको थियो ।

    उच्च अदालतले सदर गरेको फैसला कार्यान्वयन गर्न पूर्णिमा फुड इण्डट्रिजलाई जिल्ला प्रशासन कार्यालयले पटक पटक ताकेता गर्दासमेत नटेरे पछि बाध्य भएर फैसला बमोजिमको उद्योगको उत्पादन शिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी चापागाईंले बताए ।

    नेपाल पास्ता फुड कम्पनीको लेवलसँग मिल्दो जुल्दो लेवल राखी गैरकानूनी ट्रेडमार्क प्रयोग गरी उत्पादन गरिरहेको र सो कार्य तत्काल रोकी फैसला कार्यान्वयन गर्न भन्दै पूर्णिमा फुडको नाममा अदालतले आदेश जारी गरेको थियो ।

    अनुगमन टोलीले उद्योगले उत्पादन गरि बजार पठाउने तयारी गरेको बेनिको ब्राण्डको सात सय ७८ बक्स प्राउण्ड र ७० प्याकेड प्राउण्ड कभर शिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चापागाईंले जानकारी दिए । प्रशासनले उद्योगको बेनिको ब्राण्डको करिब ७ लाख बराबरको प्राउण्ड शिल गरेको सञ्चालक दिपक बर्तौलाले बताए ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend