logo

२०८३ कार्तिक १० सोमबार

जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँ : विप्लव

जनताले विश्वास गरे ०८४ मा बहुमत ल्याउँछौँ : विप्लव


खबर सर्कल
  • आइतबार, १३ माघ २०८१
  • 1.6K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताले विश्वास गरे आफ्नो पार्टीले बहुमत वा दुई तिहाइ सिट ल्याउने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गरेका हुन् ।

    नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधीनताका लागि काम गर्ने उनको भनाई थियो । उनले नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरूको चाहना रहेको बताए ।

    देशलाई स्वाधीन बनाउने एजेन्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको उनले स्पष्ट पारे । महासचिव चन्दले एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले भने, ‘हाम्रो पार्टीले के निर्णय गरेको छ भने एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधीनताका लागि प्रयोग गर्ने, संसदीय चुनाव हो हामीलाई थाहा छ । मान्छेले भनेका छन् हामीलाई तपाईँहरू घुम्दै फिर्दै त्यहीँ आउनुभयो नि त । हो यो चुनाव हो । हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ । देशलाई स्वाधीन बनाउने एजेन्डासहित नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित एकैचोटी जाने विचार छ । यदि नेपाली जनताले हामीलाई विश्वास गर्नुभयो भने ।’

     

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend