logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्रीले आफैँले आफैँलाई ढाँट्नुभयो : राजकिशोर यादव

प्रधानमन्त्रीले आफैँले आफैँलाई ढाँट्नुभयो : राजकिशोर यादव


खबर सर्कल
  • शुक्रबार, १८ माघ २०८१
  • 1.9K
    SHARES

    काठमाडौँ । जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादवले प्रधानमन्त्रीले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनेर भन्ने गरे पनि नेपाल कसरी भ्रष्टाचारको सूचिमा पर्‍यो भन्दै प्रश्न गरेका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै यादवले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेशनले किन नेपाललाई भ्रष्टाचारको १०८ औ सूचिमा राख्यो । यो गलत हो भने कारबाही गर्न निर्णय गनुपर्यो ।’

    उनले कांग्रेस र एमाले पहिलो र दोस्रो दल मिलेर सरकार बन्नु संसदीय अभ्यासको हिसाबले पनि असामान्य रहेको बताए ।

    ‘त्यसैले प्रधानमन्त्रीले नियमित कामलाई देखाएर आफैँले आफैँलाई ढाँट्नु हो । उहाँले श्वेतपत्र जारी गर्न सक्नुपर्थ्यो । नेपालको सुशासन, मानवअधिकार र आर्थिक अवस्था यस्तो छ र हाम्रो सरकारले यति गर्छु र गर्न सकेन भनेर आगामी चुनावमा लड्दिन भनेर’, उनले भने, ‘सम्माननीय ज्यु त्यसो भए नेपाल किन ग्रे लिस्टमा पर्‍यो ?’

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend