logo

२०८३ कार्तिक १० सोमबार

चार महिनामा चार करोडको अचार निर्यात

चार महिनामा चार करोडको अचार निर्यात


खबर सर्कल
  • मंगलबार, १२ मंसिर २०८०
  • 2.3K
    SHARES

    काठमाडौँ । भन्सार  विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ४ करोड १८ लाख रुपैयाँको अचार निर्यात भएको छ ।

    यस अवधिमा ५३ हजार किलोग्राम अचार बाहिरिएको छ । असोज महिनासम्मको अवधिमा नेपालबाट जम्मा २ करोड ८८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको थियो । त्यसयता एक महिनाको अवधिमै २ करोडले निर्यात बढेको हो ।

    नेपालबाट मुख्यगरी विश्वका ९ वटा देशमा अचार बिक्री हुँदै आएको छ । सबैभन्दा धेरै अस्ट्रेलियामा २ करोड ५२ लाख रुपैयाँको अचार निर्यात हुँदा बेल्जियममा १९ लाख र क्यानडामा २२ लाखको अचार निर्यात भएको छ ।

    यसबाहेक, इटालीमा ३२ लाखको निर्यात हुँदा अमेरिकामा १२ लाख, जापानमा ४३ लाख र बेलायतमा २६ लाख रुपैयाँको अचार निर्यात भएको छ ।

    श्रोत: रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend