logo

२०८३ कार्तिक १० सोमबार

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पूर्णबहादुर खड्कालाई

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पूर्णबहादुर खड्कालाई


खबर सर्कल
  • बुधबार, १३ मंसिर २०८०
  • 2.1K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्सको भ्रमणमा निस्किएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवम् रक्षामन्त्री खड्कालाई तोकेका हुन् ।

    राष्टपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स जान लाग्नुभएकोले उनको अनुपस्थितिमा  प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा भाग लिन बुधबार साँझ संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरिसकेका छन् ।

    श्रोत:रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend