logo

२०८३ कार्तिक १० सोमबार

कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

कलैयाका एक दर्जन निजी अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन


खबर सर्कल
  • शनिबार, १३ बैशाख २०८२
  • 1.8K
    SHARES

    बारा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाराका एक दर्जन निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

    बाराको कलैयामा शनिबार निजी अस्पताल र क्लिनिकहरूमा अनुगमन गर्दै मापदण्डविपरीत सञ्चालित १२ वटा अस्पताल र क्लिनिकहरू बन्द गर्न निर्देशन दिएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका निजी अस्पताल र क्लिनिकहरू सञ्चालनमा रहेको पाइएको सचिवालयले जनाएको छ ।

    बाराको योगशीला हस्पिटल प्रालि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रालि, कलैया हस्पिटल प्रालि, समाज प्रसूति तथा जेनेरल अस्पताल प्रालि, राजलक्ष्मी रिलिफ हस्पिटल प्रालि, रारा हस्पिटल प्रालि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक, राम हेल्थ क्लिनिक, कृष्णा डेन्टल क्लिनिक, स्टार डेन्टल क्लिनिक र आशीर्वाद अस्पताललाइ बन्द गर्न निर्देशन दिइएको मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिए ।  उनका अनुसार यी अस्पताल र क्लिनिक तत्काल बन्द गर्न सञ्चालकहरूलाई लिखित पत्र नै दिइएको छ ।

    स्थानीय तहको अनुमति मात्र लिएर मात्र १५ शय्याको अस्पताल सञ्चालन गरिरहेकाले बन्द गर्न निर्देशन दिइएको हो ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend