logo

२०८३ कार्तिक १० सोमबार

आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा

आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा


खबर सर्कल
  • आइतबार, १४ बैशाख २०८२
  • 1.7K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आइतबार शिक्षक र पत्रकारमाथि प्रहरीले गरेको दमनको विरोध गरेका छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबिच आज दिउँसो झडप भएको थियो ।

    त्यसक्रममा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो । जसबाट शिक्षकसहित आन्दोलनको रिपोर्टिङ गर्न पुगेकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समेत घाइते भएकी थिइन् ।

    प्रहरीले शिक्षक र पत्रकारमाथि ज्यादती गरेपछि शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रहरी दमनको विरोध गरेका हुन् ।

    शिक्षकका मागहरूप्रति सरकार गम्भीर बन्न उनले आग्रह समेत गरेका छन् । तत्काल शिक्षकका माग पूरा गरि पठन-पाठन सुचारु गर्नुपर्नेमा उनले जोड दिए ।

    शिक्षक आन्दोलनले हजारौं शिक्षकहरु मात्रै नभई लाखौं अभिभावकहरु समेत चिन्तित र विद्यार्थीहरुको भविष्यप्रति खेलबाड भइरहँदा सरकार छ की छैन भन्ने प्रश्न समेत उठेको उनले बताए ।

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend