कञ्चनपुर, वैशाख १७
नेकपा (माओवादी केन्द्र) बेलौरी नगर कमिटीको आयोजनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ स्थित शोभा ताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारहरूसँग भेटघाट गर्नुभएको छ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा अमूल्य बलिदान दिने ३८ जना सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै, उहाँहरूको परिवारप्रति सम्मान व्यक्त गर्नुभयो।
भेटघाट कार्यक्रममा सहिद परिवारका सदस्यहरूसँग आत्मीय संवाद गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको योगदान र सहिदहरूको बलिदानलाई संस्थागत रूपमा स्मरण गर्दै न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याउनुभयो।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend