logo

२०८३ कार्तिक १० सोमबार

बागमती प्रदेशमा मनाइयो भाषा दिवस

बागमती प्रदेशमा मनाइयो भाषा दिवस


खबर सर्कल
  • बुधबार, २४ बैशाख २०८२
  • 1.7K
    SHARES

    हेटौँडा । भाषा ऐन कार्यान्वयन भएको अवसरमा बागमती प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाएको छ । बुधबार एक समारोहका बिच प्रदेश सरकारले भाषा दिवस मनाएको हो ।

    ऐन बनाएर नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याएको दिन ‘वैशाख २४ गते’ प्रदेश सरकारले हेटौँडामा विशेष समारोहको आयोजना गरेर प्रदेश भाषा दिवस मनाएको हो ।

    बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा बुधबार बिहान हेटौँडा–४, हुप्रचौरबाट प्रभात फेरीको आयोजना गरिएको थियो । प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीसमेत प्रभात फेरीमा सहभागी रहेका थिए ।

    प्रभात फेरीमा नेवारी, तामाङ, मगर समुदायको मौलिक पोशाक, बाजासहित सहभागी भएका थिए । हेटौँडा बजार परिक्रमापछि प्रभात फेरीमा सहभागीहरू हेटौँडा–४ स्थित रोयल प्यालेसमा सभामा सहभागी भएका थिए ।

    पर्यटन मन्त्री ठकुरीको अध्यक्षता तथा मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा भाषा दिवस समारोह भएको हो । भाषा दिवसको अवसरमा मल्ल के सुन्दर र अजीतमान तामाङलाई सम्मान समेत गरिएको थियो ।

    प्रदेश भाषा दिवसकै अवसरमा काठमाडौँमा पनि कार्यक्रम भएको छ । प्रदेश भाषा दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend