logo

२०८३ कार्तिक १० सोमबार

अपाङ्गता अधिकार प्रवर्द्धन समिति प्रधानमन्त्री कार्यालयमा गठन गर्न माग

अपाङ्गता अधिकार प्रवर्द्धन समिति प्रधानमन्त्री कार्यालयमा गठन गर्न माग


खबर सर्कल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 1.9K
    SHARES

    काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले  सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि बनेका ऐन, कानुन, नीतिलाई कार्यान्वयन गर्न संघीय स्तरमा प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवर्द्धन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

    शुक्रबार काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो माग गरेको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले सो समितिको संरचना संघ, प्रदेश र स्थानीय तहसम्म लान मागसमेत गरे ।

    उनले नेपालका सबै समावेशी विकासका गतिविधिमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई समावेश गर्नुपर्ने बताए ।

    अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर २०२३ का दिन विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

    श्रोत:रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend