logo

२०८३ कार्तिक १० सोमबार

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह


खबर सर्कल
  • शनिबार, २७ बैशाख २०८२
  • 1.7K
    SHARES

    काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । बाग्मती, विष्णुमति, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको बताए ।

    आज बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको ‘डिप बोरिङ’ पानी शुद्धीकरण उद्घाटन गर्दै उनले नदीनालामा ढल मिलाउन नपाइने बताए । उपप्रधानमन्त्री सिंहले वाग्मतीलाई स्वच्छ बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहित जनशक्ति परिचालन गरेको जानकारी दिँदै देशका विभिन्न भागमा सञ्चालित खानेपानी आयोजना समयमै पूरा गर्न नागरिक तहबाट पनि अनुगमन गर्नुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend