logo

२०८३ कार्तिक १० सोमबार

मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?

मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?


खबर सर्कल
  • बुधबार, १ जेष्ठ २०८२
  • 2.2K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बुधबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।

    बैठकले सहसचिव शोभाकान्त पौडेल सचिव बढुवा गर्न सक्ने बताइएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगमा अध्यक्षसहितका पदाधिकारी नियुक्ति गरेर निकायलाई पूर्णता दिने स्रोतले बतायो ।

    पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएर कानुन मन्त्रालयलाई बुझाएसँगै मन्त्रिपरिषद् बैठकमार्फत निर्णय गरेर आयोग पदाधिकारी नियुक्त गरेर पूर्णता दिन लागिएको हो ।

    मिश्र नेतृत्वको समितिले गत शुक्रबार बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका दुई अध्यक्षसहित चार/चार जना सदस्यसहित १० जनाको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकमा सिफारिस नामबारे छलफल गरेर निर्णय गरिने बताइएको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend