रौतहट । कटहरिया नगरपालिका, रौतहटका बैधनाथ प्रसाद जयसवाल ३५ सय किलोमिटर लामो धार्मिक यात्रामा निस्केका छन्।
पछिल्लो समय गरुडा बस्दै आएका ५० वर्षीय जयसवाल शनिबार साइकल बाट भारत जम्मू कश्मीर स्थित बैष्णोदेवी यात्राको सङ्कल्प सहित धार्मिक यात्रामा निस्किएका हुन्।
साइकल यात्री जैसवाललाई मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले धार्मिक यात्राको सफलताको शुभकामना दिँदै टीका तथा फुलमाला लगाई गेरु वस्त्र सँगै नगद ११ हजार ५१ रुपैयाँ दिएर बिदा गरेकी थिइन्।
साइकल बाट हुने धार्मिक यात्राले मानव मानवबिच सद्भाव बढेर साम्प्रदायिक विभेद अन्त्य गर्न सहयोग पुग्ने यात्री जैसवालले विश्वास लिएका छन्।
श्रोत :रातोपाटी
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend