logo

२०८३ कार्तिक १० सोमबार

कृषि सामुदायिक वन कार्यक्रम प्रभावकारी बन्दै

कृषि सामुदायिक वन कार्यक्रम प्रभावकारी बन्दै


खबर सर्कल
  • बिहिबार, १९ माघ २०७९
  • 2.1K
    SHARES

    सर्लाहीको हरिवन नगरपालिका –३, ४ र ५ स्थित लखनदेही नदी किनारको नदी उकास जमिनश कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती कार्यक्रम प्रभावकारी बन्दैगएको छ । कोरोना सङ्क्रमणको प्रभावमा परेका विपन्न किसानले नदी उकास जमिनमा  कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गरी बगरलाई हराभरा बनाएका छन् । हरिवन –३, ४ र ५ का कोभिड –१९ पीडित विपन्न किसानले बगरमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गर्दैआएका छन् ।

    नदी उकास, खेर गइरहेको वन क्षेत्र र बगरका खाली जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट पर्याप्त उत्पादन  भएपछि जीविकोपार्जन गर्न सहज भएको हरिवन–४ का वडाध्यक्ष केशवराज थापाले बताए । किसानले बगरखेती गरी उत्पादन गरेको तरकारी बिक्रीबाट पर्याप्त आम्दानी गर्न थालेपछि घर व्यवहार चलाउन सहज भएको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend