logo

२०८३ कार्तिक १० सोमबार

बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा

बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा


खबर सर्कल
  • सोमबार, २० जेष्ठ २०८२
  • 2.1K
    SHARES

    काठमाडौँ । गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा सोमबार उपत्यका बन्द गरियो ।

    यातायात व्यवसायीहरूले सवारीसाधन ग्यारेजमै थन्क्याएर गण्डकी प्रदेशको नियमावली विरुद्ध असहमति जनाउँदै साङ्केतिक विरोध गरे । यसरी सोमबार सार्वजनिक यातायात बन्द भएपछि सर्वसाधारण भने मर्कामा परेका छन् ।

    सार्वजनिक यातायात बन्दको मौका पारेर यता राइडरहरुले भने मनलाग्दी भाडा लिएका छन् । विभिन्न राइड सेयरिङ एप मार्फत राइडहरहरुले सर्वसाधारणबाट मंहगो भाडा लिएका छन् ।

    यसरी मंहगो भाडा लिने २ सय ७८ जना राइडहरहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend