logo

२०८३ कार्तिक १० सोमबार

काठमाडौँमा म्याङ्गो फेस्ट हुने

काठमाडौँमा म्याङ्गो फेस्ट हुने


खबर सर्कल
  • बिहिबार, १२ असार २०८२
  • 1.9K
    SHARES

    काठमाडौँ । काठमाडौँमा भोलिबाट तीन दिने नेपाल म्याङ्गो फेस्ट– २०२५ हुने भएको छ । फेस्टिभलमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको विकासको लागि फेस्टिभल गर्न लागेको आयोजकले जनाएको छ ।

    तराई मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्धन गर्न फेस्ट हुन लागेको आयोजक काठमाडौँ अर्गानिक्सले जनाएको छ ।

    वालनट बिस्ट्रो, लाजिम्पाटमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ ।

    म्याङ्गो फेस्टमा १० भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनीमा राखिनेछ भने ५ भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने व्यवस्था रहेको छ । माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया आँप किन्न पाइन्छ । यस्तै २० भन्दा बढी आँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू हुनेछन् ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend