काठमाडौँ । अर्थ समितिले एनसेल लाई सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले १५ दिनभित्र एनसेलको सेयर बिक्रीबारे विस्तृत जानकारी दिन निर्देशन दिएको हो ।
समितिकी सचिव रेखा उपाध्याय खनालले बिक्रीबारे अभिलेख आइनपुगेको दूरसञ्चार प्राधिकरणको भनाइपछि १५ दिनको समय दिएको जानकारी दिइन ।
‘प्राधिकरणका अध्यक्षले कागजात मगाएको बताएपछि १५ दिनभित्र सम्पूर्ण जानकारी दिन मौखिक निर्देशन दिइएको छ,’ उनले भनिन् ।
श्रोत:रातोपाटी
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend