logo

२०८३ कार्तिक १० सोमबार

टेलिग्राम बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

टेलिग्राम बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन


खबर सर्कल
  • शुक्रबार, ३ साउन २०८२
  • 1.6K
    SHARES

    काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको छ । पछिल्लो समय टेलिग्राममार्फत अनलाइन ठगी र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर प्रकृतिका अपराध बढेको भन्दै प्राधिकरणले यस्तो कदम चालेको हो ।

    प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै सम्बन्धित सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई तत्कालै टेलिग्रामको पहुँच रोक्न/बन्द गर्न निर्देशन दिएको छ ।

    सूचनामा भनिएको छ, ‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत् मार्फत अनलाइन ठगीको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ ।’

    यो निर्देशनपछि अब नेपाल टेलिकम, एनसेल लगायत मोबाइल डाटा सेवा प्रदायक कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो नेटवर्कबाट टेलिग्राम चल्न नमिल्ने बनाउनुपर्नेछ । यो निर्णयसँगै अब नेपाली प्रयोगकर्ताहरूले सामान्य तरिकाले टेलिग्राम प्रयोग गर्न पाउने छैनन् ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend