logo

२०८३ कार्तिक १० सोमबार

एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा

एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा


खबर सर्कल
  • आइतबार, १२ साउन २०८२
  • 2.8K
    SHARES

    काठमाडौँ । एक वर्षमा २ हजार ३६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्त सम्ममा २३ सय ६९ जना प्रहरीले राजीनामा दिएर सेवा छाडेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए ।

    आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजीनामा दिनेमा १९ जना सिनियर अधिकृत छन् ।’

    एक वर्षको अवधिमा ४०१ जना जुनियर अधिकृतले राजीनामा दिएका छन् । प्रहरी सहायक निरीक्षक (असई) देखी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सम्मको दर्जालाई जुनियर अधिकृत भनिन्छ ।

    जुनियर अधिकृत भन्दा तल्लो दर्जामा कार्यरत १ हजार ९४९ जनाले एक वर्षमा जागिर छाडेका छन् । गत आर्थिक वर्षमा ५२३ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएका छन् ।

    ३० वर्षे सेवा अवधि र उमेर हद पुरा गरेर प्रहरी कर्मचारीहरू अनिवार्य अवकाशमा जान्छन् ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend