logo

२०८३ कार्तिक १० सोमबार

भूमि विधेयक बिचौलियाहरूले फाइदा उठाउने गरी आयो : सांसद जोशी

भूमि विधेयक बिचौलियाहरूले फाइदा उठाउने गरी आयो : सांसद जोशी


खबर सर्कल
  • बिहिबार, १६ साउन २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जाेशीले भूमि विधेयक भूमिहीनको नाममा बिचौलियाहरूले फाइदा उठाउने गरी आएको टिप्पणी गरेका छन् ।

    प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गरेका हुन् ।

    विधेयक स्पष्ट रूपमा नआउँदा भूमिहीनको नाममा बिचौलियाहरूले घुसपैठ गर्न सक्ने खतरा रहेको भन्दै सांसद जोशीले विधेयकलाई अझै स्पष्ट बनाउन जरुरी रहेकोमा जोड दिए ।

    उनले संविधानले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई भूमि उपलब्ध गराउने कुरा स्पष्ट रूपमा भनेको भएपनि कार्यान्वयन गर्न नसकिएको बताए । भूमिहीनलाई जग्गा उपलब्ध गराउने कुरामा सबै गम्भीर हुन जरुरी रहेको बताए ।

    भूमिहीनलाई जग्गा उपलब्ध गराउने कुराको सुनिश्चितता गर्ने गरी विधेयक आउनुपर्नेमा सांसद जोशीले सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend