logo

२०८३ कार्तिक १० सोमबार

विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग

विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विधेयकबाट हटाउन माग


खबर सर्कल
  • आइतबार, २६ साउन २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २५ साउनः निजी विद्यालय सञ्चालकले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरेका छन् ।

    आज निजी विद्यालयका संगठनहरु प्याब्सन, एनप्याब्सन, नेशनल प्याब्सन र हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय शिक्षक विधेयकबाट उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।

    प्याब्सनका महासचिव आरबी कटुवालले भन्नुभयो, “विधेयकमा निजी लगानीमा सञ्चालित विद्यालयलाई क्रमशः गैरनाफामुलक बनाउँदै लैजाने प्रावधान, २०५८ सालमा सरकारले कम्पनी कानुन बमोजिम सञ्चालन गर्न दिने गरी गरेको कानुनी व्यवस्था विपरीत छ ।”

    उहाँले विधेयकमा पूर्ण छात्रवृत्ति शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शैक्षिक सामग्री, पोसाक, यातायातलगायतका सेवा उपलब्ध गराउनुपर्ने भन्ने विषय कम्पनी कानुनको भावना र मर्म विपरीत रहेको दाबी गर्नुभयो ।

    उनीहरुले यही साउन २८ गतेभित्र आफ्ना माग सम्बोधन नभए साउन २९ गतेदेखि आन्दोलन गर्ने समेत जानकारी गराएका छन् ।

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend